Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

अमेरिकी डलरको भाउले बनायो आज पनि अर्को नयाँ रेकर्ड

अमेरिकी डलरको भाउले बनायो आज पनि अर्को नयाँ रेकर्ड

  • काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।बिहीबार १३४ रुपैयाँ ६४ पैसा पुगेको डलरको बिक्रीदर यस दिन १३४ रुपैयाँ ६५ पैसा पुगेको छ। यस दिन डलरको खरिददर १३४ रुपैयाँ ५ पैसा पुगेको छ। 
    यस दिन युरोपियन युरो एकको खरिदमा १४६ रुपैयाँ ४८ पैसा र बिक्रीमा १४७ रुपैयाँ १४ पैसा पाइन्छ।
    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९३ पैसा तोकिएको छ।

    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ८५ पैसा र बिक्रीमा ८८ रुपैयाँ २४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९५ पैसा पाइन्छ।

    यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा तोकेको छ।

    युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ५० पैसा र बिक्रीमा ३६ रुपैयाँ ६६ पैसा पाइन्छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij