Logo

Aug 12 2025 | २०८२, साउन २७गते

Aug 12 2025 | २०८२, साउन २७गते

images

हवाई इन्धन डिपो सार्न आर्थिक तथा प्राविधिक सहयोगका लागि भारतसँग आग्रह

हवाई इन्धन डिपो सार्न आर्थिक तथा प्राविधिक सहयोगका लागि भारतसँग आग्रह

  • काठमाडौँ । हवाई इन्धन डिपो स्थानान्तरण गर्न भारतसँग आर्थिक तथा प्राविधिक सहयोग गर्न प्रस्ताव गरिएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरण गर्न भारतलाई आग्रह गरेको हो ।

    हालै भारतको राजधानी  नयाँदिल्लीमा सम्पन्न भएको बिमस्टेक बिजनेस समिट २०२४ मा सहभागी भएका  उद्योगमन्त्री दामोदर भण्डारीले इन्डियन आयल निगम (आईओसी) को हवाई इनधन स्टेशनको भ्रमण गर्ने बेला यस्तो आग्रह गरेको मन्त्रालयका प्रवक्ता चण्डीप्रसाद घिमिरेले जानकारी सार्वजनिक गरेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रन–वे) नजिकै रहेको हवाई इन्धन डिपो तत्काल स्थानान्तरण गर्नु आवश्यक भएको ठानी गरिएको सो आग्रह प्र ितभारतीय पक्ष आईओसी सकारात्मक रहेको जनाइएको छ ।

    सन् २०१८ मा भएको अध्ययनले डिपो स्थानान्तरणको लागत ६ अर्ब देखाएकोले यसलाई अपडेट गरी भारतसँग छलफल गरिने छ ।अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार धावनमार्गबाट १७२.५ मिटर टाढा ‘ट्याक्सी–वे’ हुनुपर्छ । त्यसबाट पनि कम्तीमा ९० मिटर टाढा इन्धन भण्डारण हुनुपर्ने मापदण्ड छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गबाट ८० मिटरभित्रै सिनामंगल डिपोमा राखिएका ६ वटा भर्टिकल ट्यांक र ८ वटा अन्डरग्राउन्ड ट्यांकमा ७६ लाख ४० हजार लिटर हवाई इन्धन मौज्दात भण्डारण गरिएको हुन्छ ।

    साउन १८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले डिपो स्थानान्तरण गर्न निर्देशन दिएका थिए । त्यसलगत्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहितको टोलीले जग्गा निरीक्षण पनि गरेको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij