Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

सहकारी ठगी प्रकरणमा हिरासत र कारागारमा रहेका थुनुवालाई संसदीय समितिको सोधपुछका लागि काठमाडौँ ल्याइँदै

सहकारी ठगी प्रकरणमा हिरासत र कारागारमा रहेका थुनुवालाई संसदीय समितिको सोधपुछका लागि काठमाडौँ ल्याइँदै

  • काठमाडौं। सहकारी ठगी प्रकरणमा हिरासत र कारागारमा रहेका थुनुवालाई काठमाडौं झिकाउन लागिएको छ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्ध अध्ययन गर्न गठित संसदीय छानविन विशेष समितिले यस्ता थुनुवालाई काठमाडौं झिकाउन लगाएको हो ।समिति गठन गर्दा कार्यविधिमै कारागारमा रहेका व्यक्तिलाई समितिमा झिकाउने उल्लेख गरिएकाले पछिल्लोसमय कारागारबाट झिकाउन लागिएको छ ।

    सिंहदरबारमा रहेको समितिको कार्यालयमा उनीहरुलाई झिकाएर सोधपुछ थालिएको समितिका संयोजक सूर्य थापाले जानकारी सार्वजनिक गरेका छन् । विराटनगर, पोखरा र बुटवलमा रहेका सहकारी ठगी आरोपीहरू मध्ये १५ जना भन्दा बढीसँग समितको ३६ औं बैठकसम्म सोधपुछ भइसकेको छ ।समितिले सरकारसँग सहकारी ठगीमा देश बाहिर रहेका २१ जना नाम दिएर पक्राउ गरेर ल्याउन अनुरोध गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij