Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा फरार नकर्मी पक्राउ

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा फरार नकर्मी पक्राउ

  • काठमाडौं। प्रहरील  पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा फरार रहेका एक जनालाई  पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पर्साको वीरगंज महानगरपालिका घर भएका ४८ वर्षीय अनुज नकर्मीलाई पक्राउ गरेको हो।गत शुक्रबार काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरिएको नकर्मीलाई आइतबार जिल्ला अदातल कास्कीमा उपस्थित गराएको प्रहरीले जनाएको छ।

    अनुसन्धानपछि तयार गरिएको प्रतिवेदनअनुसार १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको हो। गत साउन २२ गते उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।१ हजार ३६ जनाले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। त्यतिखेर सहकारीका कोषाध्यक्ष कुमार रम्तेल मात्र पक्राउ परेका थिए।अध्यक्षसहित १९ जनालाई प्रतिवादी बनाइएको छ। सहकारी अध्यक्ष जीबी राईलाई प्रहरीले रेडकर्नर नोटिस जारी गरी खोजी गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij