काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले अवितरित ११ लाख ७२ हजार कित्ता अवितरित हकप्रद शेयर भदौ १३ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले गत जेठ २५ गते सम्पन्न विशेष साधारण सभाबाट ५० प्रतिशत हकप्रद शेयर संस्थापक शेयरधनीहरूलाई विक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।
सो बमोजिम कम्पनीले असार १९ गतेदेखि साउन २२ गतेसम्म ५४ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ५४ करोड रुपैयाँको आधारमा प्रति शेयर ५० रुपैयाँ अंकित मूल्यमा ५० प्रतिशत हकप्रद शेयर विक्री गर्दा ११ लाख ७२ हजार कित्ता शेयर भने वितरण हुन नसकेको हो ।
सर्वसाधारणमा विक्री खुला भएको अवितरित यी हकप्रद शेयरको न्यूनतम मूल्य ५० रुपैयाँमा प्रिमियम वापत् ५० रुपैयाँ थप गरी १०० रुपैयाँ तोकिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij