Logo

Oct 22 2025 | २०८२, कात्तिक ५गते

Oct 22 2025 | २०८२, कात्तिक ५गते

images

ज्यास्मिन फिटनेस क्लब एन्ड स्पाद्वारा भदौ १५ गते  मिस नेपाल २०२४का विजेताको उपस्थितिमा ‘गेटटुगेदर’ कार्यक्रमको आयोजन

ज्यास्मिन फिटनेस क्लब एन्ड स्पाद्वारा भदौ १५ गते  मिस नेपाल २०२४का विजेताको उपस्थितिमा ‘गेटटुगेदर’ कार्यक्रमको आयोजन

  • काठमाडौं । ज्यास्मिन फिटनेस क्लब एन्ड स्पाले भाद्र १५ गते तदनुसार अगस्ट १५ तारिखका दिन ‘गेटटुगेदर’ कार्यक्रमको आयोजना गरेको छ ।क्लबका सदस्यहरूबीच एक आपसमा मेलमिलाप बढाउने उद्देश्यले आयोजना गरिने सो कार्यक्रममा विभिन्न प्रतिस्पर्धाको आयोजना गरिएको क्लबले जनाएको हो ।

    शनिबार यो विशेष दिनको अवसरमा  मिस नेपाल २०२४ का विजेतालाई विशेष अतिथिको रूपमा आमन्त्रित गरी ल्याइने र सम्मान गरिने कार्यक्रम रहेको छ । साथै फिटनेस क्लबका विभिन्न विधामा गरिने प्रतिस्पर्धामा जित्नेहरूलाई  मिस नेपालका विजेताबाट पुरस्कार र सम्मान गरिने कार्यक्रम रहेको छ । 

    यसका अतिरिक्त यो दिन बिहानदेखि स्न्याक्स, मोकटेल÷बियर र दिवा खाना खाजाको कार्यक्रम आयोजन गरिएको छ । यो सबै कार्यक्रमहरूमा सहभागी हुन प्रवेश शुल्क २५०० तय गरिएको स्पाको व्यवस्थापन विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij