Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित दुईजनालाई पक्राउ

अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित दुईजनालाई पक्राउ

  • काठमाडौँ । प्रहरील  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  सुन सहित दुईजनालाई पक्राउ गरेको छ।प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट दुईजनालाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

    अवैध रूपमा संकलन गरी लैजान लागेको सुन करिब ८१ ग्राम रहेको प्रहरीले जनाएको छ। प्रहरीले  नवलपरासी बर्दघाट नगरपालिका–४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरूङ्गा नगरपालिका–३ घर भएका ४१ वर्षीय सन्तोष कुमार कुँवरलाई पक्राउ गरेको हो ।

    हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट काठमाडौँ  आएका प्रशान्तसँग सन्तोषले अवैध रूपमा संकलन गरि लैजान लागेको सुनसहित दुवैलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij