Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

निः सन्तान वा प्रजनन समस्या भएका दम्पत्तीहरूका लागि हार्दिक आई.भी.एफ सेन्टरका विशेष छुट सहितको तीज अफर

निः सन्तान वा प्रजनन समस्या भएका दम्पत्तीहरूका लागि हार्दिक आई.भी.एफ सेन्टरका विशेष छुट सहितको तीज अफर

  • काठमाडौँ । काठमाडौँको मुटु सिनामंगलको ऋष्टिल कम्लेक्समा स्थिति अन्तराष्ट्रिय स्तरको हार्दिक आई.भी.एफ एण्ड फर्टिलिटि सेन्टरले सञ्चालनको छोटो अवधिमै लोकप्रिय हुन सफल भएको छ । यस नेपाली हिन्दु महिलाहरुको महान चाड तीजको अवसर पारेर यही भाद्र महिना भरीलाई यस सेन्टरमा उपलब्ध सेवाहरुमा विशेष छुटको व्यवस्था गरेको यस सेन्टरले विज्ञप्ति मार्फत जानकारी  सार्वजनिक गरेको छ ।

    यस हार्दिक आई.भी.एफ सेन्टर द्वारा डाक्टर कन्सल्टेसन तथा टी भी एस (भिडियो एक्सरे) सेवा निशुल्क, आई. यु.आई सेवामा ५० प्रतिशत छुट, आई. भी .एफ सेवामा १० प्रतिशत छुट, औषधी तथा ल्याव टेस्ट सेवामा १० प्रतिशत छुट दिने जानकारी दिइएको छ ।यस हार्दिक आई.भी.एफ सेन्टरमा सुलभ दरमा अन्तराष्ट्रियस्तरको उपचार सुविधा उपलब्ध रहेको तथा निःसन्तान वा प्रजनन समस्या भएका दम्पत्तीहरुलाई परामर्श सेवा सहित निःसन्तान हुनुको सहि कारण पत्तालगाई आई यु आई, आई भी एफ लगायतका अन्य उपचार सेवा सुपथ मुल्यमा उपलब्ध गराइरहेको जनाइएको छ ।

    Hardik Logo.jpg

    अन्तराष्ट्रिय स्तरको भ्रुण  बनाउने ल्याब तथा मेशिन रहेको यस केन्द्रले पुरुषको विर्य जाँच देखि लिएर, भविष्यका लागी भ्रुण सुरक्षित राख्ने, विर्य फ्रिजिङ्ग गरि सुरक्षित राख्ने, विवाहित वा अविवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण केन्द्र समेत स्थापना गरेको छ ।यस हार्दिक आई.भी.एफ सेन्टरमा आवद्ध  डाक्टर अर्चना शाक्य विगत १३ वर्षदेखि प्रसुती, स्त्री तथा निःसन्तान रोग सम्बन्धित उपचारमा संलग्न चिकित्सक हुन् ।  झण्डै एक वर्ष देखि सेवा दिदै आइरहेको यस केन्द्रले हाल सम्म दर्जनौ दम्पत्तीलाई निःसन्तान सम्बन्धित सफल उपचार एवं परामर्श सेवा उपलब्ध गराएको जानकारी  सेन्टरका सी.ओ ओ रवि शंकर पोखरेलले जनाएका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij