Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

सौर्य सिमेन्ट उद्योग भित्र कार्टनका कार्टन अवैध चुरोट भेटियो

सौर्य सिमेन्ट उद्योग भित्र कार्टनका कार्टन अवैध चुरोट भेटियो

  • सिरहा । सिरहाको मिर्चैया नगरपालिका स्थित सौर्य सिमेन्ट उद्योग भित्र अवैध चुरोट भेटिएको छ ।राजस्व छली गरी अबैध  रूपमा राखेको  मार्लबोरो कम्पनीका चुरोट सिमेन्ट उद्योगभित्र जलाएपछि उक्त वस्तु स्थिति बाहिरिएको थियो  । 
    गत साउन २१ उक्त चुरोट त्यहाँ कार्यरत मजदुर लगाएर उद्योग परिसरभित्रै  जलाएपछि चारैतिर  हल्ला मच्चिएको थियो ।चुरोट जलाएको करिब एक हप्तापछि उद्योगभित्र चुरोटका कार्टुन जलेको देख्नुको साथै उद्योगमा कार्यरत माथिल्लो कर्मचारीहरुको कोठामा चुरोटको चाङ देखेपछि खवर बाहिरिएको थियो ।
    प्रहरीले खबर पाएपछि इलाका प्रहरी कार्यालय, मिर्चैयाको टोली उद्योग पुगेर  तीन कार्टनचुरोट  नियन्त्रणमा लिएको थियो। । चुरोटको बारेमा  आन्तरिक राजश्व अनुसन्धानको टोली उद्योगमा पुगेर वास्तविक वस्तु स्थितिको बारेमा जानकारी लिएर अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij