Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

फरार सहकारी ठगी प्रकरणका जीबीराई खोज्न मलेसिया गएको प्रहरी टोली रित्तै फर्कियो

फरार सहकारी ठगी प्रकरणका जीबीराई खोज्न मलेसिया गएको प्रहरी टोली रित्तै फर्कियो

  • काठमाडौँ । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको खोजी गर्न  मलेसिया पुगेको नेपाल प्रहरीको टोली रित्तै फर्किएको छ ।प्रहरी स्रोतका अनुसार एक साताअघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायब निरीक्षक (सई) सहितको टोली  बुधबार काठमाडौँ जीबीराई बिना रित्तै फर्किएको हो ।

    पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष  रवि लामिछानेसँग मिलेर जीबी राईले पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत हिनामिना गरेको आरोप सहितको मुद्दामा फरार रहेका जीबी राई मलेसियामा बस्दै आएको खुलेको छ ।मलेसियामा बस्दै आएको खुलेपछि परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर प्रहरीलाई जीबी राईलाई खोज्न त्यहाँ टोली पठाएको थियो ।

    स्रोतका अनुसार जीबी राईलाई तत्काली सहजै नेपाल ल्याउन नसकिने देखिएको छ ।पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि प्रहरी टोली गृहमन्त्री रमेश लेखकको समन्वयमा मलेसिया गएको थियो । यसबारे सरकारले तत्काल केही सार्वजनिक गरेको छैन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij