Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

सरकार र सहकारी पीडितहरूबीच माग सम्बोधन गर्न कार्यदल गठन गर्ने सहमति, पीडितहरूको रत्नपार्कमा जारी आन्दोलन फिर्ता

सरकार र सहकारी पीडितहरूबीच माग सम्बोधन गर्न कार्यदल गठन गर्ने सहमति, पीडितहरूको रत्नपार्कमा जारी आन्दोलन फिर्ता

  • काठमाडौँ । सरकारले आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधन गर्न कार्यदल बनाउन  सहमत भएपछि  सहकारी पीडितहरूले आन्दोलन फिर्ता लिएका छन् ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताका तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच सहमति भएपछि  १ सय ८ दिनदेखि रत्नपार्कमा जारी रिले अनसन तथा धर्ना स्थगित भएको छ ।

    सहमति भएसँगै सहकारी विभागका उपरजिस्ट्रार संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलमा मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी विभागबाट शाखा अधिकृत तहको सदस्यसचिव र प्रदेश र स्थानीय तहबाट एकएक  प्रतिनिधित्व रहने गरी कार्यदल गठन भएको हो ।

    छलफलमा सहकारी मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल, पूर्वप्रहरी महानिरीक्षक एवं सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान सल्लाहकार सर्वेन्द्र खनाल, सहकारी विभाग रजिस्ट्रार पिताम्बर घिमिरे, सहसचिव मदन कोइराला, बचतकर्ता संरक्षण राष्ट्रिय अभियान अध्यक्ष कुशलभ केसी लगायतको सहमतिमा हस्ताक्षर भएको हो । सहमतिपछि अनसनमा बसेका सहकारी पिडितलाई सहकारी मन्त्रालयका सचिव पोखरेल, सहकारी विभाग रजिस्ट्रार घिमिरे लगायतले जुस खुवाएर अनसन तोड्न लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij