Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत छनौट प्रक्रिया विरुद्ध सर्वोच्चमा रिट दायर, रिटमाथि सुनुवाइका लागि बुधवार पेशी

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत छनौट प्रक्रिया विरुद्ध सर्वोच्चमा रिट दायर, रिटमाथि सुनुवाइका लागि बुधवार पेशी

  • काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत छनौट प्रक्रिया  विरुद्ध सर्वोच्चमा रिट दायर गरिएको छ ।लिखित परीक्षा र प्रस्तुतिलगायत विज्ञहरूको टीमले दिएको नम्बरअनुसार पहिलो भएका डा. धनञ्जय रेग्मीको साटो दोस्रो नम्बरका दीपकराज जोशीलाई बोर्डको सीईओ नियुक्त गरिएको निर्णय बदर मागदाबी सहित रिट दायर गरिएको हो ।

    पर्यटनमन्त्री बद्री पाण्डेको निर्देशनमा सीईओ छनौट समितिले प्राप्त नम्बरका आधारमा नभई वर्णानुक्रमअनुसार सिफारिस गरेर दोस्रो नम्बरका जोशीलाई नियुक्त गरेको भन्दै डा. रेग्मीले मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।निवर्तमान सीईओ रहेका रेग्मी विज्ञहरूको नम्बरका आधारमा पहिलो भए पनि मन्त्री पाण्डेले अनुचित  प्रभावमा परी जोशीलाई सीईओ नियुक्त गर्न छनौट उपसमितिलाई निर्देशन दिइएको आरोप छ ।

    पर्यटन मन्त्रालयकी उपसचिव इन्दू घिमिरेको संयोजकत्वमा रहेको उपसमितिमा बोर्डका सदस्य मदन आचार्य र मिलन देवकोटा सदस्य थिए ।रिट निवेदक रेग्मीले आवदेकले परीक्षामा पाएको प्राप्तांक नै नहेरी गरिएको नियुक्ति र नियुक्ति पत्रले वैधानिक प्राप्त गर्न नसक्ने जिकिर रिटमा लिएका छन् । उनले कार्यकारी पदमा नियुक्ति गर्दा यसअघि सर्वोत्कृष्ट अंक ल्याउनेलाई नियुक्ति दिइएको दृष्टान्तको समेत यसपटक अवज्ञा भएको उनको दाबी छ ।

    प्रत्येकले पाएको अंक सार्वजनिक गरी नतिजा प्रकाशन, सिफारिस र नियुक्त गर्नुपर्नेमा सो नगरी अपारदर्शी ढंगले जोशीलाई गरिएको नियुक्ति बदर गर्न उत्प्रेषणको आदेश माग रिटमा गरिएको छ ।रेग्मीको रिटमा १६ जना आवेदकमध्ये ३ जनालाई छनौट गर्दा अंकको आधार बनाइएको भन्दै तीनबाट एकको नियुक्ति गर्दा पनि बढी अंक ल्याउनेलाई नै आधार बनाइनुपर्ने माग गरिएको छ ।रेग्मीको रिटमाथि सुनुवाइका लागि बुधवार पेशी तोकिएको छ

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij