Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

स्तरोन्नतिको काम सकिएपछि असोज १ गतेदेखि मनकामना केबल कार फेरि सञ्चालनमा आउने

स्तरोन्नतिको काम सकिएपछि असोज १ गतेदेखि मनकामना केबल कार फेरि सञ्चालनमा आउने

  • काठमाडौँ । असोज १ गतेदेखि मनकामना केबलकार फेरि सञ्चालनमा आउन लागेको छ ।केबलकारको डिजिटल डी–कनेक्ट प्रणालीको स्तरोन्नति गर्ने  काम सम्पन्न भएपछि असोज १ गतेदेखि फेरि सञ्चालनमा आउन लागेको हो ।

    अस्ट्रियाको विश्व प्रसिद्ध केबलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर र प्राविधिकको सुपरिवेक्षणमा मनकामना केबलकारको स्तरोन्नति गर्न दुई महिनाको समय लागेको छ ।

    करिब ५० करोड रुपैयाँ लगानी गरी यसको स्तरोन्नति गरिएको र असोज १ गतेदेखि सञ्चालनमा आउने कम्पनीका अधिकारीहरूले जनाएका छन् ।गत असार ३१ देखि केबुलकार सेवा बन्द गरी स्तरोन्नतिको काम शुरु गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij