Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

हवाई टिकट र ट्रेकिङमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता गर्न  पर्यटन व्यवसायीहरूको माग

हवाई टिकट र ट्रेकिङमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता गर्न  पर्यटन व्यवसायीहरूको माग

  • काठमाडौँ । हवाई टिकट र ट्रेकिङमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता गर्न माग गरिएको छ ।नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नव नियुक्त भएका दीपकराज जोशीलाई भेटेर यस्तो माग गरेको हो ।

    संगठनका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद सापकोटा र महासचिव यमबहादुर खड्काले संयुक्त रूपमा  पर्यटन बोर्डमार्फत सम्बोधन हुनुपर्ने विभिन्न मुद्दाहरूमा यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरेका हुन् ।नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका दीपकराज जोशीलाई बधाई दिँदै पर्यटन व्यवसायीहरूले कार्यान्वयनमा ल्याउन बुँदागतरूपमा माग बुझाए ।

    उनीहरूले बुझाएका मागहरूमा
    – २०८१÷८२ को नेपाल पर्यटन बोर्डको बजेट तत्काल पास गरी कार्यान्वयनमा लैजानुपर्ने 

    – विश्व प्रसिद्ध पर्यटन मेलाहरू वर्ल्ड  ट्राभल मार्ट (डब्लुटीएम) आईटीबीलगायतमा नेपाल पर्यटन बोर्ड मार्फत निजी क्षेत्रको सहभागिता तत्काल सुनिश्चित गर्नुपर्ने

    – निजी क्षेत्रको सहभागितामा नयाँ पर्यटन बजारहरू पहिचान गरी तत्काल प्रबर्द्धनात्मक कार्यक्रमहरू आयोजना गरिनुपर्ने

    – हवाई टिकटमा लगाइएको भ्याट र ट्रेकिङमा लगाइएको भ्याट तत्काल फिर्ता लिन सरकारसँग संवाद गर्नुपर्ने

    – टीआईएमएसको उद्देश्यअनुरूप कार्यान्यन गरी एफआईटी ट्रेकर्सलाई रोक्नुपर्ने, जसका लागि तत्काल पर्यटनहरू पदमार्ग प्रवेश गर्ने द्वारहरूमा चेकपोस्टहरू स्थापना गर्नुपर्ने

    – बिना गाइड ट्रेकिङ गर्न नपाईने नियम तत्काल लागू गर्नुपर्ने

    – विश्व बजारका सञ्चारमाध्यमहरूमा नेपालको प्रचार गर्नुपर्ने

    – टीआईएमएस कोषमा जम्मा भएको श्रमिक कल्याणकारी कोषको रकम ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) मार्फत तत्काल कार्यान्यनमा ल्याउनुपर्ने

    – नेपाल एयरलाइन्सको सुधारको लागि नेपाल पर्यटन बोर्डले नेतृत्वदायी भूमिका खेल्नुपर्ने रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij