Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

चिनियाँ राष्ट्रपति सी रूसमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने : विदेशमन्त्री

चिनियाँ राष्ट्रपति सी रूसमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने : विदेशमन्त्री

  •  
    बेइजिङ ।चीनका राष्ट्रपति सी चिनफिङ अर्को महिना रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने चिनियाँ विदेशमन्त्रीले बिहीबार जानकारी गराउनुभएको छ । 
     
    उदीयमान अर्थतन्त्रको शिखर सम्मेलन अक्टोबर २२ देखि २४ सम्म दक्षिणपश्चिमी रूसी शहर कजानमा आयोजना हुनेछ । सम्मेलनमा क्रेमलिनले आफ्नो प्रभाव विस्तार गर्ने र विशेषगरी बेइजिङसँग नजिकको आर्थिक गठबन्धन बनाउने अवसर पाउने अपेक्षा गरेको छ ।
     
    “राष्ट्रपति सी तपाईंको निमन्त्रणा स्वीकार्दै निर्धारित कार्यक्रमअनुसार कजान पुग्न पाउँदा निकै खुसी हुनुहुन्छ”, सेन्ट पिटर्सबर्गमा भएको भेटमा विदेशमन्त्री वाङ यीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भन्नुभयो, “सम्मेलनका क्रममा दुई देशका राष्ट्रप्रमुखबीच थप रणनीतिक छलफल हुनेछ ।
     
    उहाँले पुटिन र सीबीच ‘बलियो पारस्परिक विश्वास र गहिरो मित्रता’ रहेको पनि बताउनुभयो ।
     
    स्थापनाकालमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको संक्षिप्त नामबाट नामकरण गरिएको ब्रिक्स समूहले विश्वको लगभग आधा जनसङ्ख्याको प्रतिनिधित्व गर्दछ भने संयुक्त अरब इमिरेट्स र इरानसहित अन्य प्रमुख उदीयमान अर्थव्यवस्थाहरूलाई समावेश गरी यसलाई  विस्तारित गरिएको छ । 
     
    सन् २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि पुटिनले सहयोगका लागि चीनलाई हेरिरहनुभएको छ र मस्कोले पश्चिमा मुलुकबाट ठूलो आर्थिक प्रतिबन्धको सामना गरिरहेका बेला मित्र राष्ट्रहरूले व्यापारलाई उच्च स्तरमा पु¥याएका छन् ।
     
    गत महिना पुटिनले चिनियाँ प्रधानमन्त्री ली कियाङलाई क्रेमलिनमा स्वागत गर्दै चीनसँग रुसको आर्थिक र व्यापारिक सम्बन्धले ‘परिणाम दिने’ बताउनुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij