Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

वीर अस्पतालमा फेरि सुरु भयो जलन उपचार सेवा , मन्त्री पौडेलद्वारा जलन उपचार केन्द्रको उद्घाटन

वीर अस्पतालमा फेरि सुरु भयो जलन उपचार सेवा , मन्त्री पौडेलद्वारा जलन उपचार केन्द्रको उद्घाटन

  • काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले शुक्रबारबाट जलनका बिरामीलाई फेरि सेवा दिन थालेको छ ।स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुक्रबार वीर अस्पतालमा जलन उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।मन्त्री पौडेलले जलनका बिरामीलाई एक लाख सहुलियत दिने व्यवस्था गर्ने विश्वास दिलाए ।हाल सरकारले जलनका बिरामीलाई उपचारमा सहुलियत दिने गरेको छैन ।

     २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो ।अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार जलन उपचार केन्द्रमा १० जनरल बेड, ५ आईसीयू र तीन वटा अप्रेशन थिएटर रहेका छन् ।नेपालमा जलनको उपचारको सुरूवात वरिष्ठ प्लाष्टिक सर्जन डा. केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए ।

    अबदेखि जलनका बिरामीलाई चाहिने सबै सुविधा वीर अस्पतालले दिन सक्ने गरी केन्द्रको फेरि शुरुवात गरिएको छ ।नेपाल सरकारले जलनका घाइतेहरूलाई नै उपचार गर्ने भनेर अस्पताल बनाएको छैन । सबै खाले उपचार हुने ठुला अस्पतालमा ५ देखि १० वेडको जलन उपचार विभाग तोकिए पनि दक्ष जनशक्ति नहुँदा काठमाडौँ नै रेफर गर्ने चलन छ ।

    अमेरिका लगायतका विकसित देशमा  अत्याधुनिक उपकरण र स्तरीय उपचारका कारण ९० प्रतिशतसम्म जलेर आएकाहरूमा  ५० प्रतिशत बिरामीलाई बचाएको रेकर्ड रहेको छ । तर नेपालमा ४० प्रतिशत जलेका बिरामीलाई पनि बचाउन हम्मेहम्मे पर्ने गरेको छ ।

    हाल नेपालमा सबैभन्दा बढी सेवा दिइरहेको कीर्तिपुर अस्पतालमा शरीरको बाहिरी भाग जलेकामा ३० प्रतिशत र श्वासनली जलेकोमा ६० प्रतिशतभन्दा बढी मृत्युदर रहेको छ ।उपत्यकाका ८ प्रतिशत र काठमाडौं बाहिरका ९२ प्रतिशत जलनका बिरामी आउने गरेको कीर्तिपुरको तथ्यांकले देखाउँछ । बढी जलनका घटना मधेश प्रदेशमा हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij