Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

इन्द्रध्वजा ठड्याएर आजदेखि काठमाडौँमा इन्द्रजात्रा सुरु

इन्द्रध्वजा ठड्याएर आजदेखि काठमाडौँमा इन्द्रजात्रा सुरु

  • काठमाडौँ । काठमाडौँ उपत्यकामा इन्द्रध्वजा ठड्याएर आजदेखि इन्द्रजात्रा सुरु गरिएको छ । हनुमानढोका दरबार स्क्वायरमा आज बिहान इन्द्रध्वजा ठड्याएर  औपचारिक रूपमा इन्द्र जात्रा सुरु गरिएको हो ।वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाइने  इन्द्रजात्रा काठमाडौँका मनाइने विविध जात्रामध्येको सबैभन्दा ठुलो, रमाइलो र महत्वपूर्ण जात्राको रूपमा मनाउने गरिन्छ ।

    इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन् भन्ने मान्यता रहँदै आएको छ । इन्द्रका छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि आमा वसुन्धरा डाकिनीको भेषधारण गरी पृथ्वी आइन्  र सित र हुस्सुले वातावरणलाई छोपेर  कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा लगेको किंवदन्ती जनमानस रहेको छ । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याइएकाले जात्राको अन्तिम दिन ऐरावत हात्ती अर्थात पुलुकिसी जात्रा मनाउने प्रचलन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij