Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले गर्नैपर्ने कामको सूची जारी

काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले गर्नैपर्ने कामको सूची जारी

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारी संस्थाहरूलाई पालना गर्नैपर्ने खालका विभिन्न कामहरू गर्न भनेको छ ।महानगरपालिकाको सहकारी विभागले एक सूचना जारी गरी सहकारी संस्था र सदस्यलाई विभिन्न काम नियमानुसार पालना गर्न भनेको हो ।

    नकली ऋणी खडा गरी लगानी नगर्ने, धितो या जमानी नराखी वा न्यून धितो राखी ऋण लगानी नगर्ने, पुँजी कोषको १० प्रतिशतभन्दा बढी रकम एक सदस्यलाई लगानी नगर्ने, उद्देश्य तथा कार्यक्षेत्र विपरीत लगानी र त्यस्तो अधिकार प्रबन्धक वा अन्य पदाधिकारी वा सदस्यलाई प्रत्यायोजन नगर्ने, संस्थाको बचत रकम प्रयोग गरी व्यापारिक प्रयोजनका लागि घरजग्गाको किनबेच वा कारोबारमा लगानी नगर्नलगायतका कामहरू गर्न महानगरपालिकाले सहकारी संस्थाहरूलाई भनेको छ ।

    साथै महानगरले बचत प्रयोग गरी सेयर किनबेच प्रयोजनका लागि प्रयोग नगर्ने, उद्देश्य तथा कार्यक्षेत्र विपरीतका कार्यमा खर्च नगर्ने, विदेश अध्ययन वा यस्तै प्रयोजनमा बचत रकमको प्रयोग नगर्ने, गैरकानूनी आयात निर्यातमा बचत रकम प्रयोग नगर्ने, सदस्य बाहेकका व्यक्तिलाई ऋण लगानी नगर्ने, संस्थाले प्रदान गर्ने बचत र ऋणको व्याजदर बीचको अन्तर ६ प्रतिशतभन्दा बढी कायम नगर्ने, प्राथमिक पुँजी कोषको १५ गुणाभन्दा बढी हुने गरी बचत संकलन नगर्न भनेको छ ।

    एकाघरका सदस्य र एकभन्दा बढी सहकारी संस्थाको सञ्चालक समितिमा नराख्ने, सञ्चालक समितिका ४९ प्रतिशत सदस्यहरूलाई एकैपटक ऋण लगानी नगर्ने र एकै व्यक्ति वा परिवार भित्रका व्यक्ति सञ्चालक समिति र प्रबन्धकको दोहोरो जिम्मेवारीमा नरहने गरी काम गर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij