Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सानिमा इक्विटी फण्डले सूचीकृत शेयरमा लगानी घटायो

सानिमा इक्विटी फण्डले सूचीकृत शेयरमा लगानी घटायो

  • काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले साउन मसान्तको तुलनामा भदौ मसान्तमा सूचीकृत शेयरमा लगानी बढाएको छ । साउन मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब ९ करोड लगानी गरेकोमा भदौ मसान्तमा घटाएर रू. ६८ करोड ९६ लाखमा झारेको हो । 

    त्यस्तै फण्डको प्रतिइकाई खुद सम्पत्ती मूल्य(न्याभ) पनि साउन महीनाको तुलनामा भदौ महीनामा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १३ रुपैयाँ ९३ पैसा रहेकोमा भदौ मसान्तमा घटेर ११ रुपैयाँ ५३ पैसामा झरेको हो । भदौ मसान्तसम्ममा फण्डले रू.१९ करोड २१ लाख नाफा कमाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij