Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

नेपाल राष्ट्र बैंकले ८७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले ८७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ८७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे कुल सो रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ६९ करोड ६० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा १३ करोड ५ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ४ करोड ३५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।

    आगामी कात्तिक ४ गते देखि लागू हुनेगरी २०८२ वैशाख ६  गतेसम्म १८१ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित असोज २० गते दिउँसो ३ बजेसम्म प्रस्ताव गर्न सक्नेछन् ।

    न्यूनतम पुँजी कोष कायम गरेका, निष्क्रिय कर्जा सीमाभित्र रहेका लगायतका मापदण्ड पूरा गरेका बैंक तथा वित्तीय संस्थाहरूले रकम जम्मा गर्नका लागि प्रस्ताव गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij