काठमाडौैं । शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किनरबेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।
यस अघि सेक्यूर्ड सेक्युरिटीले दिँदै आएको नेप्से टिएमएस सुबिधा आइतबारदेखि बन्द हुने जनाएको छ। सेक्यूर्ड सेक्युरिटिजबाट कारोबार गर्दै आएका लगानीकर्तालाई नयाँ टिएमसको लगइन गर्न एक सूचना जारी गरेको छ। यसैगरी नयाँ टिएमएस कसरी चलाउन सकिन्छ भन्ने तालिम लिन चाहनेले लगानीकर्तालाई कार्यालयमा सम्पर्क गर्न सूचनामा भनिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij