Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

विराटनगर भन्सार कार्यालयमा ढुंगामूढा , प्रहरीद्वारा  अश्रुग्याँस प्रहर

विराटनगर भन्सार कार्यालयमा ढुंगामूढा , प्रहरीद्वारा  अश्रुग्याँस प्रहर

  • काठमाडौँ । विराटनगर महानगरपालिका–१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा भएको छ । बिहीबार बेलुका विराटनगर भन्सार कार्यालय अगाडि ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि शुक्रबार भन्सार कार्यालयमा ढुंगामूढा गरिएको हो ।कार्यालम तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको थियो ।विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साइकल यात्री ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते  भएका साहको अस्पताल लाँदालाँदै मृत्यु भएको थियो । ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको भन्दै स्थानीयले आज प्रदर्शन गरेका हुन् । ट्रक चालकको लापरबाहीले  दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न मानिरहेका छैनन्। शुक्रबार बिहान आक्रोसित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी सार्वजनिक गरेका छन् । ढुंगामुढाबाट भन्सारको गेट र भवनमा सामान्य क्षति पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij