Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ

डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ

  •  

    पाटन । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘डिजिटल नेपाल फ्रेमवर्क–२०७६’ सफल पार्न नेपाल टेलिकमको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

     

    नेपाल टेलिकमको जावलाखेलस्थित कार्यालयमा नेटवर्क सञ्चालन प्रणालीको आज निरीक्षण गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले दक्षिण एसियामा नेपालमा सूचना प्रविधिको महत्त्वपूर्ण सम्भावना भएको क्षेत्र भएको बताउनुभयो । नेपाल टेलिकमले सेवाको प्रभावकारिता वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले व्यवसायिकता एवं सेवाको गुणस्तर पनि सुधार्नुपर्ने बताउनुभयो ।

     

    “फोन राम्रोसँग टिप्दैन भनेर गुणस्तरमा धेरैले प्रश्न उठाइरहेका छन्, कभरेज कम भयो भन्ने छ, यसमा सुधार हुनुपर्छ, टेलिकमले कभरेज, गुणस्तरमा जोड दिनुपर्छ, सबै काम सफल पार्न टेलिकमको भूमिका हुन्छ”, मन्त्री गुरुङले भन्नुभयो, “टेलिकम्युनिकेसनमा निजी क्षेत्र व्यापार गर्न आउने हो । हामीले त कम जनशक्ति भएको ठाउँमा पनि जोड दिनुपर्छ, स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म सुशासन कायम गर्नका लागि टेलिकमको भूमिका महत्त्वपूर्ण छ ।”

     

    मन्त्री गुरुङले यसै वर्ष उपत्यकाको सबै मन्त्रालय र कार्यालयमा ‘इगभर्नास्’ सुरु गरिने बताउँदै यो सेवा सुरु भएसँगै जनताको धेरै खर्च कटौती हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरूले पूर्वाधार पुर्‍याइ दिनुपर्‍यो, हालसम्म पनि स्थानीय तहका १६ वटा वडामा नेपाल टेलिकमको सेवा पुगेको छैन । एउटा स्थानीय सेवा पुर्‍याउन पनि धेरै मेहिनत गर्नुपर्छ, गरियो भने दुई तीन वर्षमा डिजिटल नेपाल पूरा गर्न सक्छौँ ।”

     

    सूचना प्रविधि दशक घोषणा भए पनि बजेटले नसमेटेको बताउँदै मन्त्री गुरुङले आगामी दिनमा आवश्यकता अनुरूप खर्च व्यवस्थापन गरेर काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नीति विना कार्यक्रम हुँदैन, कार्यक्रमका लागि बजेटबिना सम्भव हुँदैन, अब आवश्यकताअनुसार मिलाउँदै जाने हो । कानुन नियम नमिलेको छ भने पनि भन्नुहोला, सबै मिलेर सफल पार्नुपर्छ ।”

     

    दिगो विकास लक्ष्य पूरा गर्ने सन्दर्भमा टेलिकमको ध्यानाकर्षण गराउँदै मन्त्री गुरुङले हातले मात्रै काम गरेर दिगो विकास लक्ष्य पूरा हुन सक्दैन भन्नुभयो । नेटवर्क सञ्चालन प्रणालीको निरीक्षणका क्रममा सञ्चार सचिव राधिका अर्याल, टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित टेलिकमका प्राविधिक कर्मचारीको उपस्थिति रहेको थियो ।

     

    केन्द्रीय तहबाट देशैभरिका नेटवर्कहरू सञ्चालन भएन भएको, समस्या के भएको छ भन्ने हेर्ने र मोनिटरिङ कक्षको निरीक्षणका क्रममा मन्त्री गुरुङ समक्ष टेलिकमका उपप्रबन्धक रवीन्द्र खैँजुले नेटवर्किङ प्रणाली र सञ्चालन मोनिटरिङको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij