Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

लिखु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न

लिखु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न

  • काठमाडौँ । लिखु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शनिबार बुढानीलकण्ठ नगरपालिका वडा न १०स्थित कार्की इभेन्ट्स कपन, काठमाडौँमा १६औँ साधारण सभा सम्पन्न भएको हो ।साधारण सभाले अध्यक्ष श्यामप्रसाद पौडेलले प्रस्तुत गरेको २०८०/ ८१को वार्षिक प्रतिवेदन पारित गरेको सञ्चालक समितिका सचिव तथा सहकारीका प्रवन्ध निर्देशक कल्याण पौडेलले बताए ।

    सभाले लेखासमितिको प्रतिवेदन समेत पास गरेको छ । उक्त साधारण सभाले ०८१ / ८२को बजेट स्वीकृत गर्नुका साथै लाभांश वितरण गर्ने समेत निर्णय गरेको छ ।संस्थाको शेयर पुँजी दुई करोड दुई लाख अठार हजार भन्दा बढी रहेको छ ।संस्थाले २० करोड ८२ लाख ३३ हजार भन्दा बढी बचत संकलन गरेको छ भने ११ करोड ७० लाख भन्दा बढी ऋण लगानी गरेको छ । संस्थाको कुल कारोबार १५ करोड ७२ लाख बढीको गरेको सचिव कल्याण पौडेलले बताएका छन् ।

    संस्थामा ५१ लख ६६ हजार भन्दा बढी जगेडा कोष रहेको छ भने कर्जा जोखिम कोषमा झन् ५४ लाख रहेको छ ।श्निबार कार्की इभेन्ट्समा बुढानीलकण्ठ नगरपालिका वडा न १२ वडा अध्यक्ष शम्भू प्रसाद भट्टराईको  प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष श्याम प्रसाद पौडेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव तथा प्रवन्धक कल्याण पौडेलले गरेका थिए ।कार्यक्रममा उपाध्यक्ष कमला मैनाली पौडेलले स्वागत सम्बोधन गरेकी थिइन् भने संस्थाका सल्लाहकार महेशकुमार पौडेललेलगायतले शुभकामना मन्त्वय व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij