Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

सरकारसँग ऋण लिएर दुग्ध विकास संस्थाले किसानलाई ६० करोड बक्यौता बुझायो

सरकारसँग ऋण लिएर दुग्ध विकास संस्थाले किसानलाई ६० करोड बक्यौता बुझायो

  • काठमाडौँ । दुग्ध विकास संस्थानले किसानहरुलाई ६० करोड रुपैयाँ बक्यौता भुक्तानी गरेको छ। संस्थानले सरकारसँग ऋण लिएर किसानलाई बक्यौता भुक्तानी गरेको हो।
    संस्थानका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले संस्थानले आयोजनामार्फत सहकारी हुँदै किसानलाई दूधको बक्यौता रकम उपलब्ध गराएको बताए। अहिले भुक्तानी गरिएको रकम बैशाखसम्मको हो। अझै ३२ करोड रुपैयाँ बक्यौता छ।

    संस्थानले किसानसँग उधारोमा किने पनि नगदमा बिक्री गर्ने गरेको छ। तैपनि उसले किसानको बक्यौता तिर्नुलाई सरकारसँग ऋण लिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij