Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

नेपाल राष्ट्र बैंकद्वारा जलविद्युत परियोजनामा लगानी गर्ने बैंकहरूलाई राहत दिने व्यवस्था

नेपाल राष्ट्र बैंकद्वारा जलविद्युत परियोजनामा लगानी गर्ने बैंकहरूलाई राहत दिने व्यवस्था

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले जलविद्युत् परियोजनामा लगानी गर्ने बैंकहरूलाई राहत दिएको छ ।केन्द्रीय बैंक राष्ट्र बैंकले आफ्नो एकीकृत निर्देशिकामा संशोधन गरी यस्तो राहत दिएको हो ।राष्ट्र बैंकले ठूला जलविद्युत् आयोजनामा ग्रस अवधिमा पूँजीकृत भएको ब्याजलाई आम्दानीमा गणना गर्न सक्ने व्यवस्था गरिदिएको छ ।

    ब्याज पुँजीकरण गरिएका ५० मेगावाट वा सो भन्दा बढी क्षमताको जलविद्युत परियोजनामा उक्त परियोजनाको निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको प्रमाणित भएमा ब्याज पूँजीकरण गरिएको आवधिक कर्जामा रहेको रकमलाई ब्याज पुँजीकरण कोषबाट घटाएर संचित मुनाफा हिसाबमा सार्न सकिने व्यवस्था  भएको छ ।ब्याज पुँजीकरण गरिएका अन्य परियोजनाको हकमा व्यावसायिक रुपमा सञ्चालनमा आएको अवस्थामा ब्याज पूँजीकरण गरिएको आवधिक कर्जामा रहेको सम्पूर्ण रकमलाई ब्याज पुँजीकरण कोषबाट घटाएर संचित मुनाफा हिसाबमा सार्न सकिने व्यवस्था  बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गरी गरिएको छ ।

    यसले जलविद्युत परियोजनामा लगानी गरेको बैंकहरुको नाफा बढ्नेछ । साथै, बैंकहरुको आम्दानीसँगै नाफामा समेत वृद्धि हुनेछ । संशोधन अघिसम्म पूँजीकरण गरिएको ब्याजलाई छुट्टै आवाधिक कर्जा बनाएर उक्त कर्जा असुल भएपछि मात्रै आम्दानी जनाउने सकिने व्यवस्था थियो ।यस्तै बैंक तथा वित्तयि संस्थाले आम्दानी लेखांकन भएको बक्यौता ब्याजबाट आयकर र कर्मचारी बोनसका साथै वैधानिक कोषहरुमा जम्मा गरेको रकम समेत घटाएर मात्रै सञ्चित मुनाफाबाट घटाएर नियमनकारी कोषमा जम्मा गर्दा हुने भएको छ । हाल बक्यौता ब्याजमा आयकर र कर्मचारी बोनस छुट्याएपछिको रकम सञ्चित मुनाफाबाट कट्टा गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने प्रावधान थियो ।अब साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोषमा समेत छुट्याएको रकम कट्टा गरी नियनकारी कोषमा जम्मा गर्न सकिने छ ।

    बक्यौता ब्याज असुल भएपछि भने उक्त रकम नियमनकारी कोषबाट कट्टा गरी सञ्चित कोषमा जम्मा गर्न सकिनेछ । उक्त व्यवस्थाले बैंकहरुले लाभांश बाँड्नसक्ने मुनाफा बढाउँछ ।बैंक तथा वित्तीय संस्थाले कर्मचारी दायित्वको बीमांकीय मूल्यांकन गराउँदा नेपाल वित्तीय प्रतिवेदन मानको प्रावधान अनुरुप विगतको तथ्यांकमा आधारित रही यथार्थपरक अनुमानहरु लिई मूल्यांकन गराउनु पर्ने भएको छ । यसैगरी आन्तरिक लेखापरीक्षणबाट त्यस्तो तथ्यांक तथा अनुमानहरु प्रमाणित गरेपश्चात् मात्र बीमांकीय मूल्यांकन गर्ने व्यवस्था मिलाउनुपर्नेे एकीकृत निर्देशिकामा संशोधन गरी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij