Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

युरिक एसिड के हो? यसरी गर्नुहोस् घरमै उपचार

युरिक एसिड के हो? यसरी गर्नुहोस् घरमै उपचार

  • काठमाडौँ ।हाम्रो रगतमा हुने एसिडमध्ये युरिक एसिड पनि एक हो। यो शरीरमा थोरै मात्रामा हुन्छ र पानीमा घुलनशील हुन्छ। यसलाई मिर्गौलाले पिसाबबाट बाहिर निस्कासन गर्छ। तर जब शरीरमा बढी भएको वा उत्पादन भइरहेको युरिक एसिड मिर्गौलाले राम्ररी फाल्न सक्दैन तब रगतमा युरिक एसिड बढेर जान्छ। यसको मात्रा रगतमा एक सीमासम्म बढ्छ र त्यो सीमा कटेपछि थिग्रिएर 'क्रिष्टल' का रूपमा परिणत हुन्छ। युरिक एसिडका क्रिष्टल शरीरका विभिन्न भागमा विशेषगरी जहाँ चिसो बढी हुन्छ, त्यहाँका जोर्नीसम्म पुग्छ। जस्तै हातखुट्टाका टुप्पा, घुँडाका जोर्नी आदिमा जम्न पुग्छ। जुन भागमा जम्छ त्यही भाग सुन्निने, रातो हुने, पोल्ने र दुख्ने लक्षण देखा पर्छन्। यही जोर्नी सुन्निने, रातो हुने, दुख्ने, झमझम गर्ने प्रक्रियालाई युरिक एसिड बढेको अर्थात् बाथ रोग भनिन्छ। 

    युरिक एसिड हाम्रो शरीरमा पाइने एक अपशिष्ट पदार्थ हो । यो शरीरको कोष टुक्रिदा बन्छ ।

    शरीरमा बन्ने यो एसिडलाई बाहिर निकाल्ने काम मिर्गौलाले पिसाबमार्फत बाहिर फाल्ने गर्छ । तर शरीरमा धेरै मात्रामा युरिक एसिड बन्न थाल्यो भने किड्नीले सबैलाई शरीरबाट निकाल्न सक्दैन । जसले गर्दा शरीरमा युरिक एसिडको मात्रा बढ्न थाल्छ ।

    यसलाई नियन्त्रण गर्न औषधिको सेवन गरिन्छ । तर यो समस्या समाधान गर्न केही घरेलु उपाय पनि सहायक हुन सक्छ । शरीरमा युरिक एसिडको मात्रा बढेको छ भने आजैबाट बाजराको पिठोबाट बनेको रोटी खान सुरु गर्नुस् ।

    युरिक एसिडमा बाजरालाई फाइदाजनक मानिन्छ । यसमा प्यूरिन निकै कम हुन्छ भने फाइबर निकै धेरै हुन्छ । शरीरबाट युरिक एसिड हटाउन यो लाभदायक साबित हुन सक्छ।

    बाजरालाई स्वस्थ अन्नमा गनिन्छ । यसमा पाइने पोषक तत्त्वहरू शरीरका लागि निकै लाभदायक छ । यो पीठोको सेवन गर्नु विशेष गरी जाडो मौसममा फाइदाजनक मानिन्छ किनभने यसले शरीरलाई न्यानो राख्छ । 

    बाजरामा प्रशस्त मात्रामा फाइबर, भिटामिन बी३, आइरन, जिङ्क हुन्छ । यसमा प्रचुर मात्रामा प्रोटिन पनि पाइन्छ । दैनिक रूपमा बाजराको सेवनले तौल घटाउन, रगतमा चिनीको मात्रा नियन्त्रण र युरिक एसिड नियन्त्रण गर्न मद्दत गर्छ ।

    कसरी नियन्त्रण गर्ने ?

    – पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।

    – खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन ।

    – रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछ ।

    – हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन-सि जरुर लिनुहोस् ।

    – नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ ।

    घरेलु विधी

    करिब एक किलो तौलको काँचो मेवालाई राम्ररी पखालौ । अब त्यसलाई बोक्रासमेत सानो सानो टुक्रामा विभाजित गरौ ।

    अब यसलाई एउटा भाडोमा हालेर त्यसमा तीन किलो पानी मिसाएर त्यसमा पाच प्याकेट ग्रीन टी मिसाएर करिब १५ मिनेट चिया झै उमालौ र छानौ ।

    अब अन्दाजी ५ , ६ गिलास सहितको यो औषधी तयार भयो । यसलाई १४ दिनसम्म लगातार
    पिएको खण्डमा तपाईको शरीरमा आश्चर्यजनक परिवर्तन देखिन सक्छ । त्यतिमात्र हैन, १४ दिन पश्चात्त जब तपाईको रिपोर्ट सामान्य आउँछ, त्यसपछि सातामा एक दिन यसको सेवनले युरिक एसिडको समस्या हटेर जान्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij