Logo

Jul 16 2025 | २०८२, असार ३२गते

Jul 16 2025 | २०८२, असार ३२गते

images

सरकारले तदारुकता नदेखाउँदा तातोपानी नाकाको क्षतिग्रस्त बाटो अझै बनेन, बाटो अवरुद्ध हुँदा व्यापारीहरू मर्कामा

सरकारले तदारुकता नदेखाउँदा तातोपानी नाकाको क्षतिग्रस्त बाटो अझै बनेन, बाटो अवरुद्ध हुँदा व्यापारीहरू मर्कामा

  • काठमाडौँ । सरकारले तदारुकता नदेखाउँदा तातोपानी नाकाको क्षतिग्रस्त बाटो अझै बन्न सकेको छैन् । तीन दिन असोज ११ ,१२ र १३ गते परेको अविरल वर्षा पछि आएको बाढी पहिरोले अरनिको राजमार्ग अन्तर्गत तातोपानीसम्म पुग्ने बाटो र पुल बगाउँदा काठमाडौँ जोड्ने तातोपानी तर्फको बाटो अझै सुचारु हुन नसकेको हो । सरकारले देखाउन पर्ने तदारुकता नदेखाएकोले अवरुद्ध भएको बाटो खुलाउन नसकिएको स्थानीय सरोकारवालाहरूले बताएका छन् ।

    अरनिको राजमार्गको सीमासँग जोड्ने कोदारी क्षेत्रको बाटोलाई गएको बाढी पहिरोले धेरै क्षति पु¥याएको छ । यो क्षेत्रका दुईटा पुललाई बगाइ दिएको छ भने दुई ठाउँमा पहिरोले बाटो बन्द गरिदिएको छ । यस क्षेत्रमा पर्ने लिपिङ खोलामा दुईटा घर पन्छाउनुपर्ने काम पूरा गर्न सकिए यो बाटो अस्थायीरूपमा सञ्चालनमा ल्याउन सकिने स्थानीयहरूको भनाइ छ ।

    तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले बाटो अझै खुल्न नसकेको बताएका छन् ।नयाँ सडकसँगको कुराकानीमा प्रमुख भन्सार अधिकृत भट्टराईले चीनको भन्सार नाकाबाट जाँचपास भइ निस्केका मालवस्तुलाई भरियाको सहयोग लिएर ल्यान लागिएको बताए ।स्याउ ओखर लगायतका फलफुल ल्याउन लागिएको र व्यापारीहरूले ल्याएका फलफूल कुहिन थालेको उनले बताए । जेनतेन कति बचाउन सकिने हो भनेर भरिया लगाएर ती सामान ल्याउन प्रयास व्यापारीहरूले गरिरहेका छन् ।बाढी पहिरोले बन्द भएको बाटो खुलाउने निकाय आफूहरू नभएकोले कहिलेसम्म खुल्ने हो भन्न नसकिने उनले बताए । तर स्थानीय सरोकारवाला निकाय तथा व्यक्तिहरूले बाटो खुलाउन प्रयासरत रहेको उनले जनाए ।प्रमुख भन्सार अधिकृत भट्टराईले ८ किलो मिटरको बाटोमा समस्या बढी रहेको बताए ।अस्थायीरूपमा खुलाउन स्थानीय तह र संघीय सरकारका सरोकारवाला निकायहरूबीच सहमति बने छिट्टै खुल्न सक्ने उनले जनाए ।

    सिन्धुपाल्चोक उद्योगि वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले संघीय सरकारले तदारुकता देखाए अस्थायीरूपमा बढीमा एक हप्ताभित्र बाटो सञ्चालनमा आउने बताए । नयाँ सडक डटकमसँगको कुराकानीमा अध्यक्ष बस्नेतले चीनतर्फको बाटोमा क्षति नपुगेको बताउँदै संघीय सरकारले राजमार्गका दुईटा घरको मुआब्जा दिएर भत्काउन लगाउनुपर्ने बताए ।यसबारे सरोकारवालाहरूसँगको छलफलको आयोजना गरिएको बताउँदै उद्योग वाणिज्य संघका अध्यक्ष बस्नेतले संघीय सरकारको तर्फबाट  तदारुकताका साथ काम भयो भने पहिरो पन्छाउनुलगायतका काम समेत गरी काम शुरु गरेको चार दिनमा अस्थायीरूपमा बाटो बनाइ खुलाउन सकिने बताए ।
    लार्चामा ह्युमपाइप राखेर राजमार्ग सुचारु गराइसकिएको बताउँदै अध्यक्ष बस्नेतले पुलका लागि बेलीब्रिज आइपुगेको र । नेपाली सेनाले सहयोग गर्ने भनिसकेको बताए । उनका अनुसार बेलीब्रिज सेट गर्न कम्तीमा २०/२५ दिनको समय लाग्ने छ । तर व्यापारीहरूका मालवस्तु ल्याउन अस्थायीरूपमा बाटो खुलाउन काम शुरू गरेको एक हप्तामा सकिने छ ।

    व्यापारीहरूको क्षति मात्रै नभएर सरकारलाई प्राप्त हुने राजस्व पनि गुमेको छ । चीनबाट व्यापारका लागि दुई भन्सार नाकाहरूमा तातोपानी  र रसुवा भन्सार नाका बाढी पहिरोले ठप्प रहेका छन् । तातोपानी भन्सार नाका  चीनको ल्हासा नजिकको नाका हो । चीनलाई जोड्ने पहिलो र पुरानो नाका पनि हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij