Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

निफ्राले लाभांश नबाँड्ने

निफ्राले लाभांश नबाँड्ने

  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश वितरण नगर्ने जनाएको छ । बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।बैंकले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित नाफा वितरण नगरी सञ्चित गरी राख्ने कम्पनी सचिव इश्वर बन्धु गौतले जानकारी सार्वजनिक गरेका छन् ।

    उनले जनाए  अनुसार बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३२ करोड ९८ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।तर, नियमनकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरु  क्ट्टा गरे पश्चातको बैंकको वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार रुपैयाँ मात्रै रहने देखिएको छ । यसकारण शेयरधनीहरूलाई लाभांश दिने प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलीकरण गर्दै लैजाने  निर्णय गरिएको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij