Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

पाथीभरा केबलकार निर्माण शिलान्यास कार्यक्रममा ढुंगामूढा

पाथीभरा केबलकार निर्माण शिलान्यास कार्यक्रममा ढुंगामूढा

  • काठमाडौँ । प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माणका लागि राखिएको शिलान्यास कार्यक्रम बिथोलिएको छ ।शुक्रबार राखिएको शिलान्यास कार्यक्रम बिथोलिएको हो ।जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।
    तर, कार्यक्रम शुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन नहुने  भन्दै आएकाहरूले  ढुंगा हान्न थालेका थिए ।फुङलिङ नगरपालिकाका मेयर मादेनले जनाए अनुसार उनीहरु अग्लो ठाउँमा बसेर तल ढुंगा हान्दा केही प्रहरी साथीहरुलाई लागेको थियो । तरपनि  स्काभेटर चलाएर केबलकार शिलान्यास गरिएको छ ।पाथीभरा केबलकार कम्पनीले ठेक्का पाएपछि निर्माण शुरु गर्ने प्रयास भएको थियो ।मेयर मादेनका अनुसार सरकारले अनुमति दिएर शिलान्यास गर्दा पनि विवाद झिकिएको छ । यसमा  प्रशासनबाट पनि पर्याप्त सहयोग नभएको मादेनले बताएका छन् ।पाथीभरा देवीको मन्दिर ताप्लजुङमा ३ हजार ७९४ मिटर उचाइमा अवस्थित छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij