Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

हिमालयन क्यापिटलको सातौं वार्षिक साधारण सभा सम्पन्न, ७ प्रतिशत नगद लाभांश पारित

हिमालयन क्यापिटलको सातौं वार्षिक साधारण सभा सम्पन्न, ७ प्रतिशत नगद लाभांश पारित

  • काठमाडौँ । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा आज अर्थात कार्तिक २८ गते बुधबारको दिन क्यापिटलको केन्द्रीय कार्यालय बागमती प्रदेश, कमलादी–२८, काठमाडौँ (आइ.टि प्लाजा) मा सम्पन्न भएको छ ।

    सभाले आर्थिक वर्ष २०८०र८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

    साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभा मार्फत पारित गरिएको छ । साधारण सभामा संस्थाका संचालकहरुको पुर्ननियुक्ति सम्बन्धि प्रस्ताव पनि अनुमोदन गरेको छ ।

    कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनील प्रसाद गोर्खालीले संस्थाका भावी योजनाहरु बारे मन्थन गरी संस्थाका शेयरधनीहरु, ग्राहकहरु र सरोकारवालाहरुलाई उनीहरुको निरन्तर साथ र सहयोगको लागी हार्दिक आभार ब्यक्त गरे ।


    हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिंग सेवा अन्तर्गत निक्षेप सदस्य, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्रि प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहरु ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij