Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको खुद नाफा ३८७.८३ प्रतिशतले बढ्यो

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको खुद नाफा ३८७.८३ प्रतिशतले बढ्यो

  • काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 
    चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८७.८३ प्रतिशत बढी हो।
    आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३३७.८६ प्रतिशत बढेर ६ करोड २१ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १०३.११ प्रतिशत बढेर ४७ लाख रुपैयाँ पुगेको छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११ रुपैयाँ २७ पैसा बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ४९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६५.७१ गुणा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij