Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सोनापुर मिनरल्स एण्ड आयलको खुद नाफा ६९.९१ प्रतिशतले घट्यो

सोनापुर मिनरल्स एण्ड आयलको खुद नाफा ६९.९१ प्रतिशतले घट्यो

  • काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 
    असोज मसान्तसम्ममा ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। कम्पनीको सञ्चालन आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण नोक्सानी घट्न पुगेको हो।

    समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७९.०८ प्रतिशत घटेको छ भने कुल नाफा ६९.९१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा १३ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्मा २ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको वित्तीय खर्च २५ करोड ९५ लाख रुपैयाँबाट घटेर ७ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण नोक्सानी घट्न पुगेको हो।

    ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ सञ्चित छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij