Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

मारवाडी सेवा समिति पशुपति गौशाला धर्मशालाको फैसला विरुद्ध उच्च अदालत जाने

मारवाडी सेवा समिति पशुपति गौशाला धर्मशालाको फैसला विरुद्ध उच्च अदालत जाने

  • काठमाडौँ । मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशालाको विषयमा काठमाडौँ अदालतको फैसला विरुद्ध उच्च अदालत जाने भएको छ । अदालतले गत असोजमै गरेको फैसलाको पूर्णपाठ प्रकाशित भएसँगै मारवाडी सेवा समितिले यो फैसला विरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने तयारी गरेको हो ।समितिका अध्यक्ष प्रमोद अग्रवालले आफ्नो कानुनी सल्लाहकारको टोलीले फैसलाको अध्ययन गरिरहेको जनाउँदै पुनरावेदनमा जाने बताए  ।अध्यक्ष अग्रवालले हिजो मात्रै फैसला आएकाले फैसलामा चित्तबुझ्दो नभएको विषयमा तोकिएको समयभित्र उच्च अदालतमा जाने बताए ।
     
    पशुपति गौशाला धर्मशाला सञ्चालनको सम्बन्धमा भएको सम्झौता पशुपति क्षेत्र विकास कोषले खारेज गरेपछि यस विरुद्ध समिति जिल्ला अदालत गएको थियो ।जिल्ला अदालतले उक्त क्षेत्रमा कोषको स्वामित्व रहेको, समितिले सम्झौता बमोजिम काम नगरेको भन्दै कोषले गरेको खारेजी निर्णयलाई सदर गरिदिएको थियो । जिल्ला अदालतको फैसला चित्त नबुझे पूर्णपाठ प्राप्त भएको ३५ दिनभित्र पुनरावेदनमा जान सक्ने व्यवस्था छ ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले गत असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशालाको साविक पशुपति वडा नं. २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर गरेको छ । 
     
    विसं १९९९ जेठ ५ गतेको पुर्जीले पशुपतिमा छोडिएका दुध कटुवा नन्दी (साँढे)को संरक्षणका लागि जुनेलो घाँस लगाउन हरिनारायण भनिने रामकुमार मारवाडीलाई एक रोपनी दुई आना जग्गा उपलब्ध गराएको दस्तावेजमा उल्लेख छ ।  फैसलामा यसलाई अनदेखा गरिएको समितिको भनाइ रहेको छ ।
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij