Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नेष्डो समृद्ध लघुवित्तको खुद नाफा ७० प्रतिशत घट्यो

नेष्डो समृद्ध लघुवित्तको खुद नाफा ७० प्रतिशत घट्यो

  • काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७० प्रतिशत घटेको छ ।

    गत आवमा कम्पनीले रू। २ करोड ६६ लाख नाफा कमाएकोमा चालू आवमा रू. ७९ लाख ९१ हजारमा सीमित भएको छ । चालू आवमा कम्पनीको खर्चमा वृद्धि भई सञ्चालन नाफा घटेपछि नाफा प्रभावित भएको हो । सञ्चालन नाफा गत आवमा रू. ३ करोड ८१ लाख रहेकोमा चालू आवमा रू.१ करोड १४ लाखमा सीमित भएको छ । 

    नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij