Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

प्रभु केवलकारले ३० करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

प्रभु केवलकारले ३० करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

  •  

    काठमाडौं  ।  प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच सोमबार  सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा प्रभु केवलकारका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् । यो सम्झौता भए सँगै प्रभु केवलकारले ३० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढेको छ ।

    प्रभु केवलकारको लगानीमा ३ वटा केवलकार परियोजनाहरु अगाडी बढेका छन् । जस मध्ये बुटवलमा रहेको सिद्धार्थ केवलकार परियोजना गत असोज देखि व्यवसायिक रुपमा सञ्चालनमा आइसकेको छ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केवलकार बुटवल स्थित फुलबारी पार्कमा रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij