Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

एनआरएनएको एकता महाधिवेसन जेठमा गर्ने उच्चस्तरीय समितिको निर्णय

एनआरएनएको एकता महाधिवेसन जेठमा गर्ने उच्चस्तरीय समितिको निर्णय

  •  

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद मिलाउन सर्वोच्च अदालतको आदेशअनुसार गठन भएको उच्चस्तरीय समितिको पहिलो बैठक मंगलबार बसेको छ । बालुवाटारस्थित कार्यालयमा तय भएपनि  बद्री केसी पक्षले कार्यालय बन्द गरेर सबै कर्मचारीलाई बिदा दिएर चाबी लिएर सम्पर्क बिच्छेद भएपछि बालुवाटारकै नेपाल हाउसमा बसेको बैठकले आगामी मे (जेठ) महिनाभित्र एकताको महाधिवेशन गर्ने निर्णय भएको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए ।

    बैठकले सर्वोच्चको फैसलाअनुसार ६ महिनाभित्र एकताको महाधिवेशन गर्ने प्रतिबद्धतासहित जेठभित्र एकताको महाधिवेशन गर्ने निर्णय गरेको उनको भनाइ छ । यस्तै एकता महाधिवेशन सहजीकरणका लागि प्रतिनिधि पठाउन परराष्ट्र र कानुन मन्त्रालयलाई पत्र लेख्ने, महाधिवेशन गर्नका लागि कार्यविधि बनाउन सहजीकरणका लागि परराष्ट्रलाई अर्को पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ ।

    बैठकमा समितिका १३ मध्ये २ जना सदस्य भने अनुपस्थित रहेका छन । बैठकमा बद्री केसी  अनुपस्थित भए भने पूर्वअध्यक्ष भवन भट्ट अर्को कार्यक्रम भएकाले उपस्थित हुन सकेनन ।

    बैठकमा संयोजक  घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, रविना थापा,विनोद कुँवर र जानकी गुरुङ भौतिक रूपमा उपस्थित हुँदा जीवा लामिछानेसहितका ६ जना भने भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका थिए । बैठकमा बोल्ने सबै सदस्यले एकताको विकल्प नभएको भन्दै सबैलाई मिलाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

    यस्तै बैठकमा बद्री केसीले एकताका लागि राखिएको बैठकलाई असहयोग गरेर कार्यालय बन्द गरेकोप्रति सदस्यहरूले आक्रोश पोख्दै खेद ब्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij