Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

पर्सा प्रहरीले चोरी निकासी गर्न लागिएको करिब अठार सय किलो चाइनिज लसुन भन्सारमा बुझायो

पर्सा प्रहरीले चोरी निकासी गर्न लागिएको करिब अठार सय किलो चाइनिज लसुन भन्सारमा बुझायो

  • काठमाडौंँ । जिल्ला प्रहरी कार्यालय पर्साले चोरी निकासी गर्न लागिएको  करिब अठार सय किलो चाइनिज लसुन नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा न ३ झौवा एक कुखुरा फर्मबाट चोरी निकासी गर्न लागिएको एक सय २ बोरामा रहेको १७८० किलो चाइनिज लसुन  खटिएको प्रहरीले बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

    pp20 n.png

     

    जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक दिपक भारतीले चार लाख असी हजार ६ सय अन्दाजी मूल्य आकलन गरिएको अनधिकृतरूपमा रहेको १७८० किलो चाइनिज लसुन विशेष सूचनाको आधारमा बरामद गरी बुझाइएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij