Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • काठमाडौँ । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका  सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । 

    पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न यहाँ आउनुभएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले राससलाई बताउनुभयो । 

    राष्ट्रपति रामचन्द्र पौडेलले आजै उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत १६ असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल  भ्रमण हो । भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

    सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । खुला सिमाना, समान धार्मिक, सांस्कृति एवं भूगोलले शताब्दीऔँदेखि दुई मुलुुकबीचको सम्बन्धलाई अझ सुमधुर तुल्याएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij