Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

सोल्टी होटल लिमिटेडको ५० औं वार्षिक साधारण सभा पुस ४ गते  , लाभांश पारित गर्ने  प्रस्ताव

सोल्टी होटल लिमिटेडको ५० औं वार्षिक साधारण सभा पुस ४ गते  , लाभांश पारित गर्ने  प्रस्ताव

  •  

    काठमाडौं । सोल्टी होटल लिमिटेडको ५० औं वार्षिक साधारण सभा आगामी पुस ४ गते आयोजना हुने भएको छ । 
    कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ४ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

    उक्त सभामा भौतिक अपस्थिती तथा भर्चुअल भिडियो कनफ्रेन्समार्फत समेत सहभागीता जनाउन सकिने कम्पनीले जनाएको छ । सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र २६ दशमलव ८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने र सोहीअनुसार चुक्तापूँजीलाई बृद्धि गर्न स्वीकृति प्रदान गर्ने, कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको शेयर पूँजी वृद्धि गर्ने विशेष प्रस्तावलाई पारित गर्नेछ । 

    कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गर्ने तथा यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन, परिमार्जन वा समायोजन गर्न आवश्यक भएमा सोका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पारित सभाले गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij