Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

प्रदूषण नियन्त्रण गर्न काठमाडौँ महानगरपालिकाको प्रदूषण नियन्त्रण मापदण्ड २०८१, पालना नभए हरेक पटक हजार जरिवाना

प्रदूषण नियन्त्रण गर्न काठमाडौँ महानगरपालिकाको प्रदूषण नियन्त्रण मापदण्ड २०८१, पालना नभए हरेक पटक हजार जरिवाना

  • काठमाडौँ । काठमाडौं महानगरपालिकाले प्रदूषण नियन्त्रण गर्न नयाँ मापदण्ड बनाएको छ।महानगरपालिकाले सबै प्रकारका प्रदूषण नियन्त्रण गर्न ‘काठमाडौं महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ बनाएको हो । मापदण्ड सवारीसाधनदेखि उद्योग कलकारखानाले पालना गर्नुपर्नेछ ।

    मापदण्ड विपरीत प्रदूषण हुने गरी कुनै उद्योग, कलकारखाना, उपकरण वा व्यापार–व्यवसाय चलाए कारबाही हुने महानगरपालिकाले जनाएको छ । महानगरले बिहिबार सूचना जारी गरी मापदण्ड पालना गर्न आग्रह गरेको छ।

    वायु प्रदूषणको मूख्य कारकमध्ये सवारीसाधनबाट उत्सर्जन हुने धुवाँ मुख्य भएको र यसले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले मापदण्ड कार्यान्वयनमा ल्याएको महानगरको भनाइ छ ।महानगरले आफ्नो क्षेत्रभित्र गुड्ने सवारीसाधनको प्रदूषण जाँच गर्नेछ। मापदण्डविपरीत भएमा हरेक पटक  एक हजार रुपैयाँ जरिवाना लाग्ने महानगरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij