काठमाडौँ । नगर विकास कोषको कार्यकारी निर्देशक पदको छनौटका लागि ५ जनालाई अन्तिम छनोट सूचीमा छानिएको छ ।छनोट समितिले आवेदक १५ मध्ये ५ जना अन्तिम छनोट सूचीमा छानेको हो ।
छनोट सिफारिस समितिले छनोट गरेका पाँच जनाहरूमा काभ्रेका दिनेश त्रिपाठी, राजेशकुमार भोछिभोया, तनहुँका ध्रुवराज भट्टराई, ताप्लेजुङका रामप्रसाद पौडेल र चितवनका विनोदप्रकाश पण्डित रहेका छन् । अन्तिम छनोट सूचीमा परेकाहरूले कार्यपत्र तथा प्रस्तुतीकरणको मूल्यांकन गरी विनियमावलीको विनियम न. १४.३(३) बमोजिम सबैभन्दा बढी अंक प्राप्त गरेका आधारमा अन्तिम सूचीमा परेका हुन्।
अन्तिम छनोट सूचीमा परेकामध्येबाट एक जना नियुक्त हुनेछन्। मंसिर ७ गते शुक्रबार बिहान सूचीमा परेकाहरुलाई समितिले अन्तर्वार्ताका लागि कोषको बानेश्वरस्थित सभाहलमा बोलाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij