Logo

Aug 20 2025 | २०८२, भदौ ४गते

Aug 20 2025 | २०८२, भदौ ४गते

images

जीवन विकास लघुवित्तले १४.७४ प्रतिशत लाभांश वितरण गर्ने

जीवन विकास लघुवित्तले १४.७४ प्रतिशत लाभांश वितरण गर्ने

  • काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १४ दशमलव ७३६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ रहेको छ । बोनस शेयर प्रयोजनका लागि कम्पनीले १८ करोड ८६ लाख ५२ हजार रुपैयाँभन्दा बढी र नगद लाभांश प्रयोजनका लागि ९९ लाख २९ हजार रुपैयाँभन्दा बढी रकम छुट्याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij