Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

कम्बोडिया नेपालबीच सिधा उडानसेवा बारे सभामुख घिमिरेद्वारा कम्बोडियाली प्रधानमन्त्रीलाई आग्रह

कम्बोडिया नेपालबीच सिधा उडानसेवा बारे सभामुख घिमिरेद्वारा कम्बोडियाली प्रधानमन्त्रीलाई आग्रह

  • कम्बोडिया । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले कम्बोडियाली प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेटवार्ता  गरेका छन्।प्रधानमन्त्री सम्देच हुन मानेटसँग कम्बोडियाको पिस प्यालेसमा सभामुको भेट भएको हो ।भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनेलगायतका  महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जानकारी सार्वजनिक गरेको छ ।

    भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबीच हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिएका थिए । यसबाट  धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन प्राप्त हुने  सभामुखको विश्वास छ। नेपाल र कम्बोडियाबीच विसं २०७५ सालमा नै हवाई सम्झौता भएको थियो।

    भेटमा दुवै देशका नागरिकबीच आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो। सभामुख घिमिरेले नेपाल भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा दिए।प्रधानमन्त्री मानेटले साना राष्ट्रहरूको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को अन्तर–संसदीय सभा उत्कृष्ट मञ्च भएको बताउँदै आफू समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे। 

    सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग पनि भेट गरेका थिए । कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटका क्रममा दुई पक्षबीच दुई देशका विधायिकाबीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो।सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष सम्देच मोहा रथसपिथिका थिपादेई खुऔन सुदारीसँग भेट गरेका थिए।

    ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११औँ पूर्ण सत्रलाई सम्बोधन गरेका थिए। सभामुख मंगलबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij