Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

जनकपुर र अध्योध्याबीच हवाई सेवा सञ्चालनबारे छलफल तीव्र

जनकपुर र अध्योध्याबीच हवाई सेवा सञ्चालनबारे छलफल तीव्र

  • काठमाडौँ । हिन्दुहरूको अराध्य भगवान रामको जन्मस्थल अयोध्या र जनकपुत्री सीताको जन्मस्थल जनकपुरबीच सीधा हवाई सम्पर्कको छलफल द्रुतगतिमा बढेको छ ।संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री पाण्डे जनकपुरबाट अयोध्यामा हवाई उडान गर्न आवश्यक रहेको बताएका हुन् ।त्रिभुवन विश्वविद्यालयको हिन्दी केन्द्रीय विभागको आयोजनामा बुधबार सुरु भएको अन्तर्राष्ट्रिय संगोष्ठीमा मन्त्री पाण्डेले यस्तो बताए ।

    जनकपुर र अयोध्यालाई हवाई सेवाको मध्यमबाट जोड्दा त्यसले धार्मिक पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने मन्त्री पाण्डेले विश्वास व्यक्त गरे ।उनले भने ‘जनकपुर र अयोध्याको ठूलो धार्मिक महत्व छ। त्यसैले यी दुई स्थानलाई हवाई सेवाका माध्यबाट जोड्न सकियो भने धार्मिक पर्यटनमा टेवा पुग्छ,’ उनले धार्मिकरुपले जोडिएको सम्बन्धलाई हवाई सेवाका माध्यमबाट समेत अघि बढाउनु पर्ने भन्दै जनकपुर र अयोध्याबीच उडान संचालन गर्ने विषयमा मन्त्रालयले तयारी गरिरहेको बताए। दुई दिनसम्म चल्ने संगोष्ठीमा भगवान रामका विविध पक्षमा चर्चा गरिने विभागले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij