Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका दुर्गा प्रसाईँलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका दुर्गा प्रसाईँलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

  • काठमाडौँ । जिल्ला अदालत काठमाडौँंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई शुक्रबार थप चार दिन हिरासतमा राख्न अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी सार्वजनिक गरेका हुन् ।गत आइतबार उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो । 

    यसैबीच भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यापारीहरूसँग धम्काएर रकम माग गरेको आरोपमा पक्राउ परेका प्रसाईंकै सहयोगीलाई पनि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको छ।झापाबाट पक्राउ परेका हरिचन्द्र फुयाँलमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको अनुमति दिएको सीआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij