Logo

Dec 02 2024 | २०८१, मंसिर १७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर १४ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, मंसिर १४ शुक्रबार

  • 264
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर १४ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर १४ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता

    काठमाडौँ ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । चीनको छन्दु सहरमा आज अपराह्न उहाँहरूबीच वार्ता भएको हो । 

     

    चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा राणा बिहीबार त्यसतर्फ जानुभएको हो । 

    उहाँहरूबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।

    ६ कम्पनीको कुल २ करोड ४३ लाख भन्दा बढी कित्ता शेयर सूचीकृत

    काठमाडौं । एक महीना अवधिमा ६ कम्पनीको कुल २ करोड ४३ लाख ५ हजार २०७ कित्ता शेयर सूचीकृत भएको छ ।  

     

    नेपाल स्टक एक्सचेन्ज नेप्सेले प्रकाशित गरेको मासिक तथ्याङकअनुसार समाज लघुवित्त वित्तीय संस्था,नेपाल ल्यूब आयल, कर्पोरेट डेभलपमेन्ट बैंक,नेशनल लाइफ इन्स्योरेन्स , हिमालय उर्जा विकास कम्पनी र आँखु खोला जलविद्युत कम्पनीको उक्त कित्ता बोनस शेयर र हकप्रद शेयर सूचीकृत भएको हो ।

    विपन्न वर्गको शेयर सुनिश्चित गर्न मन्त्री खड्काको पहल

    काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत निर्माण हुन लागेका जलविद्युत् आयोजनामा विपन्न वर्गको शेयर सुनिश्चित गर्न पहल थाल्नुभएको छ । उहाँले सो कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न वर्गको शेयर सुनिश्चित गर्न छलफल सुरु गर्नुभएको हो । “स्रोतसाधनमाथिको अधिकार सबै नागरिकको हुनुपर्छ, गरिब तथा विपन्न वर्गलाई अगाडि बढाउन नसकेसम्म हामीले परिकल्पना गरेको समृद्ध मुलुक निर्माण हुनसक्दैन,” मन्त्री खड्काले भन्नुभयो । उहाँले जलविद्युत् आयोजनाको शेयर निस्कासन गर्दा गरिब तथा विपन्न वर्गको ग्यारेन्टी राज्यले लिनुपर्ने नीतिलाई सरकारले अगाडि बढाउन खोजेको उल्लेख गर्नुभयो । मन्त्री खड्काले जनसङ्ख्याको आधारमा भन्दा पनि घरधुरीको आधारमा शेयरको व्यवस्था गरिने बताउनुभयो ।

    एनआइएमबि एस क्यापिटलको साधारण सभा  पुस ५ गते  , २५ प्रतिशत लाभांश प्रस्ताव गर्ने

    काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले पुस ५ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय लाजिम्पाट, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

     

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    सिईडिबि होल्डिङ्स लिमिटेडले हकप्रद शेयर  निष्कासन गर्ने , विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाडौं । सिईडिबि होल्डिङ्स लिमिटेडले हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त गरेको छ । 

     

    कम्पनी सञ्चालक समितिले हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो ।  यस सम्बन्धमा सिईडिबि होल्डिङ्स र मुक्तिनाथ क्यापिटलबीच सम्झैता पनि भएको कम्पनीले नेप्से मार्फत जनाएको छ ।

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको २० प्रतिशत नगद लाभांश घोषणा

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

     

    कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो ।  

    मङ्सिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    पहिलो त्रैमासमा ७८ खर्ब ३३ अर्ब ४० करोड तरलता प्रशोचन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष  २०८१-८२ को पहिलो त्रैमासमा ७८ खर्ब ३३ अर्ब ४० करोड तरलता प्रशोचन गरिएको जनाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले यस अवधिमा निक्षेप संकलन बोलकबोल मार्फत ५ खर्ब ९० अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत ७२ खर्ब ४२ अर्ब ८५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको उल्लेख गरेको छ । 

     

    २०८१ असोजमा वाणिज्य बैंकको ४.२८ प्रतिशत, विकास बैंकको ४.३७ प्रतिशत र वित्त कम्पनीको १०.८४ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहेको छ ।२०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको वार्षिक बिन्दुगत वृद्धिदर ६.० प्रतिशत रहेको छ ।

    यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ ।

     

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय एक सय ७० रुपैयाँ ९० र बिक्रीदर एक सय ७१ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

    पशुपतिनाथ मन्दिर परिसरमा बत्ती बाल्दै भक्तजन

    काठमाडौं ।  पशुपतिनाथ मन्दिरमा परिसरमा पितृको सम्झनामा आज साँझ बत्ती बाल्दै भक्तजन । आज पशुपतिनाथमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेर शनिबार (चतुर्दशी) बिहान बागमतीमा स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ। 

     
    मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला

    मोरङ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ ।

     

    विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन  सरकार गठन भएकाले यसको विकल्प नहरेको बताउनुभएको हो । नेता डा कोइरालाले मुलुकलाई आर्थिक रूपमा चलायमान गराउनका साथै सुशासन कायम गर्न सरकार संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका दुर्गा प्रसाईँलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौँ । जिल्ला अदालत काठमाडौँंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई शुक्रबार थप चार दिन हिरासतमा राख्न अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी सार्वजनिक गरेका हुन् ।गत आइतबार उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो । 

     

    यसैबीच भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यापारीहरूसँग धम्काएर रकम माग गरेको आरोपमा पक्राउ परेका प्रसाईंकै सहयोगीलाई पनि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको छ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित

    म्बिनी।  लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी आज प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित हुनुभएको हो ।

     

    सो अवसरमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गर्नुभयो । ललितपुरमा जन्मनुभएका ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिनुभएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७औँ विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । यसैगरी प्रधानमन्त्री ओलीले पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो ।

    श्रम बजार नयाँ भएसँगै शोषण पनि नयाँ, महासंघ चुप लागेर बस्दैनः जिफन्ट जिफन्टले श्रमिकका समस्या समाधानमा नयाँ ढंगले आन्दोलन थाल्ने

    काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले बदलिँदो समयअनुसार श्रम बजार नयाँ भएसँगै श्रम बजारमा हुने शोषणका रुप पनि नयाँ नयाँ हुँदै गएको बताएका छन् । महासंघको पर्यटन क्षेत्रको एक घटक नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन (नेस्वहोमयू)को ४५ औं स्थापना दिवसका अवसरमा सर्वोत्कृष्ट ट्रेड यूनियन पुरस्कार र माधव न्यौपाने स्मृति छात्रवृत्ति पुरस्कार प्रदान गर्दै अध्यक्ष श्रेष्ठले आउटसोर्स लगायतका नाममा बजारमा नयाँ रुप र समस्या उदय भएको बताए । अब बजारका समस्या समाधान गर्न नयाँ ढंगबाट आन्दोलन थाल्नुपर्ने उनले बताए ।

     

    ‘अब नयाँ ढंगबाट आन्दोलन उठाउनु पर्छ ।

    ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सफलतापूर्वक सम्पन्न

    काठमाडौँ।  नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । मंसिर ७ गते पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा उद्यमशीलताको सम्भावनालाई मजबुत बनाउने आयोजकले बताएका छन् ।

     

    यस वर्षको प्रतियोगिताका लागि नेपालभरका १७० भन्दा बढी स्टार्टअपहरु दर्ता भएका छन् । उक्त ओरिएन्टेसनले प्रतियोगिताको प्रक्रिया, मेन्टरशिप र वृद्धिका अवसरहरूका बारेमा विस्तृत जानकारी प्रदान गरेको थियो ।

    नोभेम्बर ३०देखि शुरु हुने १४औँ नेपाल फेस्टिभलको तयारी पूरा भएको आयोजकद्वारा जानकारी

    टोकियो । ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ , नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ जापानमा आयोजना हुन लागेको नेपाली फेस्टिभलको तयारी पूरा भएको छ ।जापानको राजधानी टोकियोमा हुन लागको १४ आँैं नेपाल फेस्टिभल २०२४ को तयारीबारे फÞेस्टिभल स्थल नाकानोमा शुक्रवार साँझ पत्रकार सम्मेलन जानकारी दिइएको हो ।

     

    ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा नेपाल फेस्टिभल हुन लागेको छ । जापानमा ‘नेपाली हाउस’ निर्माणका लागि सहयोग जुटाउन फेस्टिभलको आयोजना गरिएको आयोजकहरूले जनाएका छन् ।

    घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

    दाङ । दाङमा सवारी दुर्घटना हुँदा २२ जना घाइते भएका छ्न । तुल्सीपुर १८ बिजोरीस्थित डाँडागाउँमा भएको बस दुर्घटनामा परी २२ जना घाइते  भएका हुन । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो। 

     

    तीव्र गति र ओभरटेकका कारण बस अनियन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।  तुलसीपुर उपमहानगरपालिका -१८ डाडागाँउस्थित घोराही तुलसीपुर सडक खण्डमा रा १ ख १३८२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट २र३ मिटर तल खसेको थियो ।

    कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री

    भैरहवा (रुपन्देही।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताउनुभएको छ । लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको कालीगण्डकी–तिनाउ डाइभर्सन अगाडि बढाउन अदालतले बाटो खोलिदिएकाले अब छिट्टै काम अघि बढ्ने उहाँको भनाइ थियो । भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पतालको ४२औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री पौडेलले यस क्षेत्रकै लागि महत्वपूर्ण रहेको योजनाको डिपिआर निर्माणकै क्रममा केही पक्षले मुद्दा हालेकोमा अहिले अदालतले उक्त योजना अगाडि बढाउने पक्षमा फैसला गरेको बताउनुभएको हो ।

    अन्तिम फैसलासम्म पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिलाई गौशाला धर्मशालाबाट हटाउन नपाउने उच्च अदालतको आदेश

    काठमाडौँ । पशुपतिको गौशाला धर्मशालामा  तत्काल मारवाडी सेवा समितिलाई गर्दै आएको सेवा कार्य सञ्चालनबाट पशुपति क्षेत्र विकास कोषले हटाउन नपाउने भएको छ ।उच्च अदालत पाटनले पशुपतिको  गौशाला धर्मशालाको भाडा विवादमा  मारवाडी सेवा समितिको पक्षमा अन्तरिम आदेश जारी गरेपछि यस्तो अवस्था बनेको हो ।मारवाडी सेवा समितिले दर्ता गराएको रिटमा सुनुवाइ गर्दै उच्च अदालतका  न्यायाधीशद्वय टंकप्रसाद  गुरुङ  र टिकाराम आचार्यको  इजलासले    पशुपति विकास कोष र काठमाडौँ महानगरपालिका बीचमा २०८१ असोज २२ गते भएको सहमति कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गरेको हो ।  

     

    कोष र महानगरका बीचमा भएको सम्झौताले उक्त भवनमा आफूहरूले कुनै पनि गतिविधि गर्न नपाएको र जिल्लाको फैसलाविरुद्ध उच्च अदालत जान बाँकी नै भएकाले अन्तरिम आदेश माग गर्दै मारवाडी सेवा समितिले उच्चमा रिट दायर गरेको थियो ।

    सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो ,प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँ

    काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ ।

    शुक्रबार चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १८ सय ४५ रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६५९.२२ र चाँदी प्रतिऔंस ३०.७ डलरमा कारोबार भइरहेको छ ।

    उद्योगी व्यवसायीले अपेक्षा गरे अनुसार मौद्रिक नीतिको प्रथम समीक्षामा लचकता अपनाइएन

    काठमाडौँ । उद्योगी व्यवसायीले अपेक्षा गरे अनुसारको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा लचकता नअपनाइएको बताएका छन् ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा पुरानै विषयहरूलाई निरन्तरता दिइएको हो ।गत साउनमा सार्वजनिक मौद्रिक नीतिको कार्यदिशालाई नै निरन्तरता दिइएको उनीहरूले बताएका छन् । सो नीतिबाटै मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्ने केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको रहेको छ ।

     

    अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृशय, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा भनेको छ । मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको अवस्थालाई विश्लेषण गर्दै उपलब्ध साधनबाट आर्थिक वृद्धिमा सहयोग पु¥याउने गरी तरलता व्यवस्थापन गर्दै गएको जनाउँदै राष्ट्र बैंकले विगतमा भनेझै लचकतामा वृद्धि भने नगरेको देखिएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस