
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको ९ प्रतिशत प्रतिशत र एनआरएनको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात एनआरएनको शेयर मूल्य रू. १ हजार ६१ दशमलव ९० र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको रू. ७३१ दशमलव १९ कायम भएको छ ।
नेप्सेले आज कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij