
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
मंसिर २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाउने निर्णय गरेको नेप्से मार्फत जनाएको छ ।आव २०७८/७९ को मुनाफाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij