Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

एशियन कंक्रीटोले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

एशियन कंक्रीटोले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

  • काठमाडौं । एशियन कंक्रीटो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा  नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । 

    आईपीओ निष्कासन गर्नका लागि दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । जसमा एशियन कंक्रीटोको अध्यक्ष तथा प्रबन्ध निर्देशक मनिष रुङ्गटा र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । 

    कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुन आउने रू. ९ करोड ३७ लाख ५० हजार बराबरको ९ लाख ३७ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्नेछ  । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij